फुटबल

पानामाको पोस्टमा उरुग्वेको तीन गोल

इकागज |
असार १०, २०८१ सोमबार ९:५२ बजे

काठमाडौँ- जारी कोपा अमेरिकामा उरुग्वेले विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।


यो जितपछि उरुग्वेले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।


Author

थप समाचार
x