फुटबल

यूरो कपः स्पेनले अल्बानिया तथा इटालीले क्रोएसियाको सामना गर्दै

इकागज |
असार १०, २०८१ सोमबार १७:३७ बजे

काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ । दुवै खेल समूह 'बी' अन्तर्गतको हुने तालिका छ ।

यस समूहमा रहेका स्पेन र अल्बानियाबीचको खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहमा लगातार दुई खेल जित्दै स्पेन अन्तिम १६ मा प्रवेश गरिसकेको छ । एक खेलमा हार बेहोरेको तथा एक खेलमा बराबरी खेलेको अल्बानियाको भने १ अंक छ ।

अल्बानियाले अन्तिम १६ को यात्रा तय गर्न स्पेनलाई पराजित गर्नुपर्नेछ ।

अर्को खेल भने इटाली र क्रोएसियाबीच हुने तय भएको छ । इटाली र क्रोएसियाबीचको खेल पनि राति १२:४५ बजेबाटै सुरु हुने तालिका रहेको छ ।

एक खेलमा जित हात पारेको इटालीलाई नकआउट चरणको यात्रा तय गर्न बराबरी गरे पनि पुग्ने अवस्था छ भने केवल १ अंक रहेको क्रोएसियालाई जित्नै पर्ने दबाबव छ ।


Author

थप समाचार
x