फुटबल

युरोकप : समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा

इकागज |
असार ११, २०८१ मंगलबार ८:५० बजे

काठमाडौँ- इटाली जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति भएको समूह बी अन्तर्गतको खेलमा क्रोएसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।


गएराती नै समपन्न समूह 'बी'को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।

यो जितपछि समूह 'बी'मा तीनै खेल जितेर ९ अंक सहित स्पेन शीर्ष स्थानमा रहेको छ र नकआउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समूहमा दोस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै क्रोएसियाको ३ खेलमा २ अंक रहेको छ र नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समूह चरणका खेलपछि ६ वटै समूहका तेस्रो स्थानमा रहेका  देशमध्ये शीर्ष चारमा रहन सकेमा क्रोएसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोएसिया पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै समूह 'बी'बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ ।


Author

थप समाचार
x