फुटबल

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

इकागज |
असार ११, २०८१ मंगलबार ९:२५ बजे

काठमाडौँ- जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरी खेलेको हो ।

समुह 'डी' अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक-एक अंक बाँडेका छन् ।


अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ ।


Author

थप समाचार
x