यूरो कपः आज राति ४ खेल, फ्रान्सले पोल्यान्डको सामना गर्दै
काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति समूह चरणका चार खेल हुने तालिका रहेको छ । दुई खेल समूह 'डी' तथा समान दुई खेल समूह 'सी' अन्तर्गतका खेल हुने तय भएको छ ।
समूह 'डी' अन्तर्गत फ्रान्सले पोल्यान्डको सामना गर्ने तालिका रहेको छ । त्यसैगरी, यसै समूहमा रहेको नेदरल्यान्ड्सले अस्ट्रियाविरुद्ध खेल्दैछ । दुवै खेल नेपाली समयअनुसार आज राति ९:४५ बजेबाट सुरु हुने छन् ।
त्यसैगरी, समूह 'सी' अन्तर्गत डेनमार्कले सर्बियाको सामना गर्ने छ । यसै समूहको अर्को खेलमा इंग्ल्यान्डले स्लोभेनियाविरुद्ध खेल्ने तालिका छ । दुवै खेल राति १२:४५ बजेबाट सुरु हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया