फुटबल

कोपा अमेरिकाः पेरुमाथि क्यानाडाको संघर्षपूर्ण जित

इकागज |
असार १२, २०८१ बुधबार १०:५० बजे

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत क्यानाडाले पेरुमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

समूह 'ए' अन्तर्गत आज बिहान भएको खेलमा क्यानाडाले पेरुलाई १-० गोलअन्तरले पराजित गरेको हो ।


क्यानाडाको जितमा जोनाथन डेभिडले ७४ औँ मिनेटमा निर्णायक गोल गरे । यससँगै पहिलो खेलमा अर्जेन्टिनासँग पराजय भोगेको क्यानाडाले ३ अंक जोड्दै अघिल्लो चरणको सम्भावना कायम राखेको छ ।

यस समूहमा लगातार दुई खेल जित्दै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरिसकेको छ ।


Author

थप समाचार
x