फुटबल

सेडार्स फुटबलका लागि नेपाली महिला टिमको घोषणा

इकागज |
असार १२, २०८१ बुधबार १३:५७ बजे

काठमाडौँ- लेबनानमा हुने सेडार्स महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार नेपाली टिमको घोषणा गरेका हुन् ।


बेरुतमा जुलाई ८ देखि १६ तारिखसम्म आयोजना हुने प्रतियोगिताका लागि प्रशिक्षक तामाङले २२ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

प्रतियोगितामा आयोजक लेबनानसँगै नेपाल र जोर्डनको सहभागिता सुनिश्चित भइसकेको छ ।


Author

थप समाचार
x