फुटबल

पोर्चुगल जर्जियासँग स्तब्ध

इकागज |
असार १३, २०८१ बिहीबार ६:५० बजे

काठमाडौँ- पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराति भएको जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक-एक गोल गरेका थिए ।


यो जितपछि समुह 'एफ'मा जर्जिया तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै हारका बाबजुत पोर्चुगल समुहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै समुह 'एफ'मा टर्कीले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजति गरेको छ र समुहमा दोस्रो हुँदै नकआउट चरणमा छनौट भएको छ ।

यस समुहबाट चेक रिपब्लिक बाहिरिएको छ ।


Author

थप समाचार
x