फुटबल

इंग्लिस फुटबलरका परिवारमाथि 'बियर कप' प्रहार

इकागज |
असार १४, २०८१ शुक्रबार १०:३८ बजे

काठमाडौँ- इंग्ल्यान्ड फुटबल टिमका खेलाडीका परिवार र साथीहरुमाथि 'बियर कप' प्रहार भएको छ ।

यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत इंग्ल्यान्ड र स्लोभेनियाबीचको खेलका क्रममा इंग्ल्यान्ड फुटबल टिमका खेलाडीका परिवार र साथीहरुमाथि बियर कप प्रहार भएको डिफेन्डर एजरी कोन्सोले बताएका छन् ।


यूरो कप अन्तर्गत मंगलबार राति इंग्ल्यान्डले स्लोभेनियासँग गोलरहित बराबरी खेलेपछि खेलाडीका परिवार र साथीहरुमाथि बियर कप प्रहार भएको कोन्सोले बताएका बीबीसीले उल्लेख गरेको हो ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटमाथि पनि बियर कप प्रहार भएको बताइएको छ ।

स्लोभेनियासँग बराबरी खेलेपनि इंग्ल्यान्ड समूह 'सी' को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।


Author

थप समाचार
x