फुटबल

पाराग्वेमाथि ब्राजिलको फराकिलो जित

इकागज |
असार १५, २०८१ शनिबार १०:२४ बजे

काठमाडौँ- ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पाराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै पाराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।


यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह 'डी' मा दोस्रो स्थानमा छ । त्यस्तै पाराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पाराग्वेले कोस्टारिकाको सामना गर्ने छ ।


Author

थप समाचार
x