फुटबल

कोपा अमेरिकाः ब्राजिल र कोलम्बियाको शानदार जित

इकागज |
असार १५, २०८१ शनिबार १०:३७ बजे

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत ब्राजिल र कोलम्बियाले शानदार जित हात पारेका छन् ।

आज बिहान भएको समूह 'डी' अन्तर्गतको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोलअन्तरले पाखा लगायो ।


ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पेक्वेटाले एक-एक गोल थपे । पाराग्वेका लागि ओमार अल्डेरेटले एक गोल फर्काए ।

यससँगै ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा भने कोलम्बियाले कोस्टारिकालाई ३-० गोलअन्तरले पराजित गर्‍यो । कोलम्बियाको जितमा लुइस डियाज, डेभिनसन सान्चेज र झोन कोर्डोबाले एक-एक गोल गरे ।

यससँगै लगातार दुई खेल जितको कोलम्बियाको ६ अंक भएको छ ।


Author

थप समाचार
x