फुटबल

एस्टन भिल्लाले अनुबन्ध गर्‍यो चेल्सीका लेफ्ट ब्याक माट्सेन

इकागज |
असार १५, २०८१ शनिबार ११:३२ बजे

काठमाडौँ- एस्टन भिल्लाले चेल्सीका लेफ्ट ब्याक इयान माट्सेनलाई अनुबन्ध गरेको छ । एस्टन भिल्लाले माट्सेनलाई ३५ मिलियन पाउण्डमा अनुबन्ध गरेको बीबीसीले जनाएको हो ।

२२ वर्षीय माट्सेनले गत सिजनको दोस्रो हाफ जर्मन क्लब बोरुसिया डर्टमन्डमा लोनमा बिताए र बुन्डेसलिगा क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन मद्दत गरे ।


माट्सेन अहिले नेदरल्यान्ड्सका यूरो कप फुटबल प्रतियोगितामा खेलिरहेका छन् ।

चेल्सीले सन् २०१९ मा माट्सेनलाई पीएसभी एन्डहोभेनबाट अनुबन्ध गरेको थियो र उनले चार्लटन एथलेटिक, कभेन्ट्री सिटी, बर्नली र डर्टमन्डमा लोन स्पेलमा रहँदा प्रभावशाली प्रदर्शन गरेका थिए ।


Author

थप समाचार
x