फुटबल

नेपालले लेबनानमा हुने सेडार्स महिला फुटबल प्रतियोगिता नखेल्ने

इकागज |
असार १५, २०८१ शनिबार ११:३९ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमले लेबनानमा आयोजना हुने सेडार्स महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता नखेल्ने भएको छ ।

लेबननमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा भाग नलिने निर्णय लिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार जनाएको हो ।


एन्फाले नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइने जनाएको छ ।

पछिल्लो समय लेबनान र इजरायलबीच तनाव बढ्दै गएको छ ।


Author

थप समाचार
x