फुटबल

अर्जेन्टिनाको कोपा अमेरिकामा लगातार तेस्रो जित

इकागज |
असार १६, २०८१ आइतबार ८:३३ बजे

काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।


अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।

यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । 

त्यस्तै समूह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ । 

यो सँगै समूह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।


Author

थप समाचार
x