फुटबल

नेदरल्याण्ड्‌स युरोकपको क्वाटरफाइनलमा

इकागज |
असार १९, २०८१ बुधबार ७:२ बजे

काठमाडौँ- नेदरल्याण्ड्‌स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्‌स प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

नेदरल्याण्ड्‌सको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।


योसँगै नेदरल्याण्ड्‌स क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।


Author

थप समाचार
x