फुटबल

टर्की युरोकपको क्वाटरफाइनलमा

इकागज |
असार १९, २०८१ बुधबार ७:५४ बजे

काठमाडौँ- टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।


यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्ड्‌सको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।


Author

थप समाचार
x