'यस कारण रोनाल्डोले लिदैनन् सन्यास'
फाइल फोटो
काठमाडौँ - पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेबारे अनेक अड्कल बाजी शुरु भएको छ ।
रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन् भन्ने कौतुहलता उनका करोडौं फ्यानहरूमा उठिरहेको छ ।
यसैबीच चेल्सीका पूर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबी गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबी गरेका हुन् ।
क्रिस्टियानो जुनियर अहिले १४ बर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन् । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- 'रोनाल्डोको यही असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहन्छन् । यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।'
३९ बर्षीय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन्, निश्चित रहेको छैन । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया