फुटबल

कोपा सेमिफाइनलमा भोलि बिहान उरुग्वे र कोलम्बिया भिड्दै

इकागज |
असार २६, २०८१ बुधबार १४:४८ बजे

काठमाडौँ - जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५: ४५ बजेदेखि शुरु हुँदै छ ।

उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । त्यस्तै कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।


उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबैभन्दा बढी पटक उपाधि जित्नेमा अर्जेन्टिनासँगै शिर्ष स्थानमा रहेको छ । उरुग्वे ६ पटक उपविजेता बनेको छ भने ९ पटक तेस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै कोलम्बियाले भने अहिलेसम्म एक पटक मात्र कोपाको उपाधि जितेको छ । त्यस्तै कोलम्बिया एक पटक उपविजेता बनेको छ भने ५ पटक उपविजेता बनेको छ ।

उरुग्वे र कोलोम्बियाबीच अहिलेसम्म ४५ पटक खेल भएको छ । जसमा उरुग्वेले २० खेल जितेको छ भने कोलोम्बियाले १४ खेल जितेको छ । त्यस्तै ११ खेल बराबरी भएका छन् ।

जारी कोपा अमेरिका उरुग्वे र कोलोम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उरुग्वेले ब्राजिल जस्तो उपाधि दाबेदार मानिएको टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने कोलोम्बियाले पनि अहिलेसम्म शानदार प्रदर्शन गरिरहेको छ ।

दुवैको अहिलेसम्मको प्रदर्शन हेर्दा यो खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।


 


Author

थप समाचार
x