फुटबल

नेदरल्याण्डसलाई हराउँदै इङल्याण्ड युरोकपको फाइनलमा

इकागज |
असार २७, २०८१ बिहीबार ७:३१ बजे

काठमाडौँ - इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।


यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ । फाइनल खेल आइतबार राति हुने छ ।
        


Author

थप समाचार
x