फुटबल

युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने

इकागज |
असार २७, २०८१ बिहीबार ९:१२ बजे

काठमाडौं - युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङ्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।


तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।

२०२० मा सम्पन्न युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इङ्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
   
   

 


Author

थप समाचार
x