फुटबल

एनआरटीद्वारा चर्च बोइज पराजित

इकागज |
असार ३०, २०८१ आइतबार १९:२९ बजे

काठमाडौँ - ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले चर्च बोइज युनाइटेडलाइ पराजित गर्यो । 


खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो । ३६औं मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए । 

तर, विज्ञानले ५५ र ८०औं मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु प्रतियोगितामा १२ क्लब सहभागी छन् ।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । 


Author

थप समाचार
x