फुटबल

स्पेनले जित्यो युरोकपको उपाधि

इकागज |
असार ३१, २०८१ सोमबार ६:३२ बजे

काठमाडौँ- स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङ्‌ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औं मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।


त्यस्तै इङ्‌ल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गरेका थिए । 

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि सन्‌ १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । 

त्यस्तै इङ्‌ल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ ।


Author

थप समाचार
x