फुटबल

वेस्ट इन्डिजविरूद्धको दोस्रो टेस्टमा पनि इङ्ल्याण्ड विजयी

इकागज |
साउन ७, २०८१ सोमबार ९:१८ बजे

काठमाडौँ - इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ ।

इङ्ल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङ्ल्याण्ड २४१ रनले विजयी भएको हो ।


यसअघि इङ्ल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङ्ल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा इङ्ल्याण्डको पहिलो इनिंगमा १२१ र दोस्रो इनिंगमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् ।

यस अघि खेलेको पहिलो टेस्ट इङ्ल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो ।

यो जितपछि इङ्ल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडि भएको छ । अब सिरिजको तेस्रो खेल जुलाई २६ मा हुने छ ।
       


Author

थप समाचार
x