फुटबल

साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा

इकागज |
साउन ३१, २०८१ बिहीबार १५:३४ बजे

काठमाडौँ - घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यु–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।


नेपालको समूहमा बङ्गलादेश र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलंका र भारत यही साउन ३२ गते नेपाल आइपुग्ने छन् भने बंगलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ । 

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् । 
 


Author

थप समाचार
x