फुटबल

मेरो करिअरको अन्त्य अल नासरमै हुनेछ : रोनाल्डो

इकागज |
भदौ १२, २०८१ बुधबार ८:४१ बजे

काठमाडौँ- सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् ।

३९ वर्षीय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि वर्षमा सन्यास लिने बताउँदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासर नै हुने बताएका छन् ।


रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउँदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले भनेका छन् 'मलाई थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै दुई-तीन वर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो करिअर अल नासरमै अन्त्य गर्नेछु ।'

साथै रोनाल्डोले आफु भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकाले आफुले अहिलेसम्म यसबारेमा नसोचेको बताएका छन् । उनले भनेका छन् 'मेरो दिमागमा म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।'

साथै रोनाल्डोले आफुले भविष्यमा फुटबलभन्दा बाहिर नै केहि गर्ने बताएका छन् ।

सन्‌ २०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजिते पनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् । उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।


Author

थप समाचार
x