ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल
काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए ।
यस खेलमा खेलको ४९औं मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अंक रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया