फुटबल

एन्फा महिला लिगमा त्रिभुवन आर्मी विजयी

इकागज |
भदौ १९, २०८१ बुधबार १८:२० बजे

फाइल फाेटाे

काठमाडौँ - विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा फुटबल क्लबलाई ४–० ले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । खेलको १९ औं मिनेटमा आर्मीले सावित्रीदेबी मगरको गोलमार्फत सुरुआती अग्रता लियो ।


त्यस्तै खेलको ६१ औं मिनेटमा विमला चौधरीले आर्मीका लागि गोल थपिन् भने खेलको ७१ औं मिनेटमा आर्मीका लागि विमलाले अर्को गोल गरिन् । त्यस्तै खेलको ७६ औं मिनेटमा अनिता लम्जेलले गोल गर्दै आर्मीलाई ४–० को जित दिलाइन् ।

जितसंगै आर्मीले तीन अंक बटुलेको छ । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । 


Author

थप समाचार
x