फुटबल

युइएफए नेसन्स : फ्रान्सको पोस्टमा इटालीको तीन गोल

इकागज |
भदौ २२, २०८१ शनिबार ८:१४ बजे

काठमाडौँ- युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा इटालीले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।


नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै छ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।


Author

थप समाचार
x