स्वीट्जरल्याण्डमाथि स्पेनको शानदार जित
काठमाडौँ- स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए ।
स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउँदा १० खेलाडीमा सिमित भएको थियो । त्यसैगरी स्वीट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।
स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्वीट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया