फुटबल

एपिएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लियो

इकागज |
भदौ ३०, २०८१ आइतबार १५:३५ बजे

काठमाडौँ - विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्दै एपिएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एपिएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन् । त्यस्तै एक गोल आत्मघातीमार्फत पाएको थियो ।​


एपिएफले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ  । 


Author

थप समाचार
x