फुटबल

महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी

इकागज |
भदौ ३०, २०८१ आइतबार २१:३१ बजे

फाइल फाेटाे

काठमाडौँ - एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर अंक तालिकाको छैटौँ स्थानमा रह्यो ।


त्यसैगरी, बागमती पाँच खेलबाट चार अंकका साथ अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न संघर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् । 

 त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अंक मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।
 


Author

थप समाचार
x