गाब्रियलको गोलमा आर्सनल विजयी
काठमाडौँ- आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा आर्सनलको १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो । टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा झरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया