फुटबल

डाइनामोविरुद्ध बायर्न म्युनिखको गोल वर्षा

इकागज |
असोज २, २०८१ बुधबार ८:४९ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो ।


बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने राफेल गुरेइरो, माइकल ओलीस, लिरोय साने र लोओन गोरेटज्काले एक एक गोल गरेका थिए । त्यस्तै डाइनामोका लागि ब्रुनो पेटकोभिक र टाकुया ओगीवाराले एक एक गोल गरेका थिए ।

अब बायर्नले अर्को खेल अक्टोबर ३ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने डाइनामोले अर्को खेल अक्टोबर ३ मा अर्को खेल मोनाकोसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x