फुटबल

इन्टर मिलानसँग म्यानचेस्टर सिटी बराबरीमा रोकियो

इकागज |
असोज ३, २०८१ बिहीबार ७:५६ बजे

काठमाडौँ- म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गएराती भएको खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् ।


अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x