फुटबल

बराबरीमा रोकियो इन्टर मियामी

इकागज |
असोज ३, २०८१ बिहीबार ८:४ बजे

काठमाडौँ- अमेरिका लिग सकर अन्तर्गत इन्टर मियामी बराबरीमा रोकिएको छ । बिहीबार बिहान भएको खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा इन्टर मियामीका लागि डेभिड रुइज र लियोनार्दो काम्पानाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि साबा लोब्जहानिडज र अलेक्सेई मिरान्चुकले एक एक गोल गरेका थिए ।


यो जितपछि इन्टर मियामी इस्टर्न कन्फेरेन्समा २९ खेलमा ६३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ३२ अंक रहेको छ ।


Author

थप समाचार
x