फुटबल

अल नासरको मुख्य प्रशिक्षकमा स्टेफानो पिओली नियुक्त

इकागज |
असोज ३, २०८१ बिहीबार ८:३० बजे

काठमाडौँ- साउदी क्लब अल नासरले स्टेफानो पिओलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अल नासरले पिओलीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

५८ वर्षीय इटालियन प्रशिक्षक पिओली यस अघि २०१९ देखि गत मेसम्म इटालियन क्लब एसी मिलानको प्रशिक्षक थिए । उनले मिलानलाई २०२१-२२ सिजनमा इटालियन सिरी 'ए' जिताएका थिए । उनले आफ्नो प्रशिक्षण क्यारियरमा इन्टर मिलान, लाजियो, फियोरेन्टिना जस्ता क्लबको प्रशिक्षक बनेका थिए । 


अल नासरले यस सिजनमा क्लबले खराब शुरुवात गरेपछि मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको थियो ।


Author

थप समाचार
x