फुटबल

वालिङ नगरपालिकाद्वारा बागमती युथ पराजित

इकागज |
असोज ३, २०८१ बिहीबार १७:५८ बजे

काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४० औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३ मिनेटमा गोल गरिन् ।​


जितसँगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 


Author

थप समाचार
x