फुटबल

च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी सुरुवात

इकागज |
असोज ४, २०८१ शुक्रबार ७:२१ बजे

काठमाडौँ- एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । गए राती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २-१  गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए ।


अब एटलेटिको म्याड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेइपजिंगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x