फुटबल

महिला फुटबलः एपिएफ विजयी

इकागज |
असोज ४, २०८१ शुक्रबार १८:१९ बजे

फाइल फाेटाे

काठमाडौँ - एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । 

 प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 


जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अंक जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा छ । एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । 

 अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ । 
 


Author

थप समाचार
x