फुटबल

साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

इकागज |
असोज ५, २०८१ शनिबार १९:४४ बजे

काठमाडौँ - साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।


समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।  


Author

थप समाचार
x