फुटबल

महिला लिगमा बागमतीको कठिन जित

इकागज |
असोज ६, २०८१ आइतबार १८:४७ बजे

काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा बागमती युथ क्लबले कठिन जित हासिल गरेको छ ।​

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई बागमती युथ क्लबले १–० गोल अन्तरले पराजित गरेको हो । बागमतीको जितमा एकमात्र गोल खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गिफ्टी अचुङपोङले गरिन् ।


जितसँगै बागमती सात खेलबाट सात अंक सहित तालिकाको सातौँ स्थानमा छ । कर्णाली समान खेलबाट चार अंकका साथ नवौँ स्थानमा छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।


Author

थप समाचार
x