फुटबल

बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित

इकागज |
असोज ७, २०८१ सोमबार ७:२० बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौं जित हासिल गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २-२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए ।


यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ ।
  


Author

थप समाचार
x