फुटबल

रोनाल्डोबिना अल नासर विजयी

इकागज |
असोज ८, २०८१ मंगलबार ७:३६ बजे

काठमाडौँ- अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ ।

गएराती भएको खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।


अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।


Author

थप समाचार
x