फुटबल

महिला लिगमा आर्मीको सहज जित

इकागज |
असोज ८, २०८१ मंगलबार १५:१६ बजे

काठमाडौँ - राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । 

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको ४२, ५४ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।


त्यस्तै बिमला बिकले खेलको ३८ र ९० औं मिनेटमा गोल गरिन् भने अमिशा कार्कीले ६१ र ७१ औं मिनेटमा गोल गरिन् । त्यस्तै फातुमाह नाकासुम्वाले ४४ औं मिनेटमा गोल गरिन् ।

जितसँगै आमीको ८ खेलमा १९ अंक भएको छ भने समान खेल खेलेको वालिङको १२ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 


Author

थप समाचार
x