भेरानको फुटबलबाट सन्यास
काठमाडौँ - फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् ।
३१ वर्षीय स्टार खेलाडीले लगातारको इन्जुरीपछि सन्यासको निर्णय गरेका हुन् ।
भेरान हाल सिरी ए क्लब कोमोमा आबद्ध थिए । यस सिजनको शुरूमा फ्री-ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आबद्ध भएका भेरानले एक खेल खेलर घाइते भएका थिए । उनी लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उनलाई सिरी ए मा दर्ता समेत गरेको थिएन । लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गरेका छन् ।
भेरान फ्रान्सको राष्ट्रिय राष्ट्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिएका थिए ।
२०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जितेका छन् । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया