फुटबल

बार्सिलोनाको अफरपछि गोलकिपर स्जेस्नीले तोडे सन्यास

इकागज |
असोज १०, २०८१ बिहीबार ७:१३ बजे

काठमाडौँ- पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।

बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।


३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि सन्‌ २००९ देखि सन्‌ २०२४ सम्म ८४ खेल खेलेका थिए ।  


Author

थप समाचार
x