लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी
काठमाडौँ- बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको १९औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । ७ खेल सकिदा रियल म्याड्रिड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो । गेटाफे ७ खेलमा ४ अंकसहित १९औं स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया