फुटबल

वालिङ महिला लिगको दोस्रो चरणमा प्रवेश

इकागज |
असोज १०, २०८१ बिहीबार १५:२२ बजे

काठमाडौँ - वालिङ नगरपालिका काठमाडौंमा जारी एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै वालिङ शीर्ष पाँचमा रहन सफल हुँदै दोस्रो चरण प्रवेश गरेको हो ।​


वालिङको जितमा सुक्रिया मियाले खेलको छैटौँ मिनेट र ज्याक्लीन नासालीले ३६ औं मिनेटमा गोल गरेकी थिइन् । चन्द्रपुरका लागि एकमात्र गोल सुनिता सुनारले ५० औं मिनेटमा गरेकी थिइन् ।​

जितसंगै वालिङ ९ खेलमा १५ अंकका साथ चौथो स्थानमा कायमै छ चन्द्रपुर समान खेलमा ८ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।

यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।


Author

थप समाचार
x