फुटबल

वर्षाले स्थगित भयो महिला लिगको आजको खेल

इकागज |
असोज १२, २०८१ शनिबार १२:४० बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी महिला लिगअन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको छ ।

आज महिला फुटबल लिग अन्तर्गत दिउँसो १ बजे संकटा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका थियो ।


लगातारको बर्षापछि एन्फाले आजको खेल स्थगित गरेको हो । एन्फाले यो खेलको तालिका पछि प्रकाशित गर्ने जनाएको छ । 


Author

थप समाचार
x