फुटबल

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

इकागज |
असोज १२, २०८१ शनिबार १५:५९ बजे

काठमाडौँ - नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । 

शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । 


यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुँदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुँदै छ ।


Author

थप समाचार
x